पार्टीले अनावश्यक दबाव दिएको भन्दै वीरगञ्जका मेयर सरावगीले दिए राजीनामा

वीरगञ्ज । संघीय समाजवादी फोरमबाट वीरगञ्जका मेयर विजय सरावगीले राजीनामा दिएका छन् । 

महानगरपालिकाको काममा पार्टीले अनावश्यक दबाव दिएको भन्दै मेयर सरावगीले राजीनामा दिएका हुन् ।   

मेयर सरावगीले ह्वाट्सएपमार्फत पार्टी नेतृत्वलाई राजीनामा पत्र बुझाएका छन् भने अब नेतृत्वलाई भेटेर पनि पार्टीबाट राजीनामा दिएको पत्र बुझाउने उनको तयारी छ ।

बुधबार बसेको वीरगञ्ज नगर कमिटीको बैठकले ५ बुँदे ध्यानाकर्षण गराउने निर्णय गरेको थियो । नगर समितिले ध्यानाकर्षणपत्र बुझाउन खोज्दा सरावगीले समय नभएको भन्दै बुझ्न नमानेपछि आन्तरिक विवाद शुरु भएको हो । 

सरावगी संघीय समाजवादी फोरमबाट वीरगञ्जको मेयर निर्वाचित भएका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?