काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रको विकासका लागि राजनीतिमा प्रवेश गरेको बताएका छन् । बुधवार चलचित्र विकास बोर्डको अध्यक्षको पदभार ग्रहण गर्दै अभिनेतासमेत रहेका केसीले यस्तो बताएका हुन् ।
उनले चलचित्र क्षेत्रको उत्थान र विकासका लागि आफू राजनीतिमा गएको बताए । पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँग बोल्दै कार्यकारी अध्यक्ष केसीले आफूलाई चलचित्र क्षेत्रको विकासका लागि ठूलो जिम्मेवारी आएको बताए । उनले आफू ४ दशकदेखि नेपाली चलचित्र क्षेत्रमा रहेकोले चलचित्र क्षेत्रका समस्यामा अवगत रहेको उल्लेख गरे ।
आगामी दिनमा नेपाली चलचित्र क्षेत्रका समस्यालाई समाधान गर्ने र विशेष गरी चलचित्र प्राविधिकहरुको समस्यामा जोड दिने प्रतिबद्धता जनाए। अध्यक्ष केसीले नेपाली चलचित्र क्षेत्रमा सानैदेखि प्रवेश गरेको भन्दै आफू बाचुन्जेल चलचित्र क्षेत्रको उत्थानको लागि काम गर्ने बताए।
कार्यकारी अध्यक्ष केसीले चलचित्रको विकास र उत्थानका लागि आफू लागिपर्ने बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया