नेपालमा कोरोना : थप ५६४ जनामा संक्रमण पुष्टि हुँदा एक जनाको मृत्यु

लोकपथ
117
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको ४ हजार ४ सय ५४ परीक्षणमा थप ५६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप २०२ जना कोरोना संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा एक जनाले ज्यान गुमाएका छन् ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३ हजार ९ सय २९ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?