स्रोत नखुलेको साढे पाँच लाख नगदसहित एक जना पक्राउ

लोकपथ
112
Shares

पर्सा । वीरगन्ज महानगरपालिका–१६ रजयन्ती चोकबाट स्रोत नखुलेको नगद ५ लाख ५० हजार रूपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही महानगरपालिका–७ रामटोल बस्ने ३५ वर्षीय अनुप अग्रवाल रहेका छन् । उनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको प्र २–०३–१०३ प ५१२० नम्बरको मोटरसाइकललाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक अग्रवाललाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?