गुल्मीमा ११ वर्षीया बालिका बलात्कृत, ४० वर्षीय पुरुष पक्राउ

लोकपथ
105
Shares

गुल्मी । गुल्मीमा ११ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इस्मा गाउँपालिका–४ कुबिन्डे बस्ने ४० वर्षीय भुपाल अधिकारीलाई मंगलबार राति पक्राउ गरेको छ ।

अधिकारीले ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित खरबारीमा लगि बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बलात्कारको खबर प्राप्त हुनासाथ प्रहरी चौकी इस्माबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?