नेपाल भारत सीमासम्बन्धी गठित बाउन्ड्री वर्किङ ग्रुपको बैठक काठमाडौंमा बस्दै

काठमाडौं । नेपाल भारतको अन्तर्राष्ट्रिय सीमानामा देखिएको समस्याबारे अध्ययन गर्न गठित बाउन्ड्री वर्किङ ग्रुपको बैठक काठमाडौंमा बस्ने भएको छ । 

अर्को हप्ता काठमाडौंमा बस्ने बाउन्ड्री वर्किङ ग्रुपको बैठकमा सीमा स्तम्भ हराएको, नदीले धार परिवर्तन गर्दा यकिन गर्न नसकेको आदि समस्या बारे छलफल हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । 

उक्त बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सीमासम्बन्धी अध्ययन गर्न गठित बाउन्ड्री वर्किङ ग्रुपसँग छलफल गरेका छन् । 

प्रधानमन्त्री ओलीले ऐतिहासिक तथ्य, नक्सा हेरेर र नेपालको अधिकतम राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्न सीमा अध्ययन समितिलाई निर्देशन दिए ।

साथै परराष्ट्रमन्त्री ज्ञवालीले भने, सीमा विवाद भएको ठाउँमा अहिले जेजस्तो अवस्था छ, त्यही अवस्थामा छाड्न उपयुक्त हुने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?