राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बेसडरमा प्रियंका रानी जोशी नियुक्त

लोकपथ
63
Shares

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आफ्नो व्यवसाय प्रवर्द्धनको लागि मिस नेपाल वर्ल्ड-२०२२ लाई सोमबार एक कार्यक्रमका बीच ब्रान्ड एम्बेसडरमा नियुक्ती गरिएको छ । राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रालिबीच भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजर प्रा.लिको तर्फबाट अध्यक्ष दीवाकर राजकर्णिकारले हस्ताक्षर गरेका हुन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय बाणिज्य बैंकले प्रवाह गरिरेको आधुनिक बैंकिङ सेवाको बारेमा खासगरी युवावर्गका ग्राहकहरुमा थप जानकारी दिई आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्नको निमित्त बैंकले आफ्नो ब्रान्ड एम्बेसडरमा मिस नेपाल वल्र्ड-२०२२ प्रियंका रानी जोशीलाई नियुक्ती गरिएको बताए ।

सो कार्यक्रममा दी हिडन ट्रेजर प्रा.लिको तर्फबाट अध्यक्ष दीवाकर राजकर्णिकारले यस्तो सम्झौताले दुवै सस्थाको इमेज निर्माण भई देशको पर्यटन तथा आर्थिक क्षेत्रको विकासमा सहयोग पुग्ने बताए । सो कार्यक्रममा मिस नेपाल वर्ल्ड-२०२२ प्रियंका रानी जोशीले आफु इतिहास बोकेको सरकारी स्वमात्विमा रहेको वाणिज्य बैंकको ब्रान्ड एम्बासडर हुन पाउदा अत्यन्त खुसी लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?