राज्यले राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रीहरुको उपचार खर्च नव्यहोर्ने

काठमाडौं । राज्यले राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रीहरुको उपचार खर्च नव्यहोर्ने भएको छ । 

अब राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री तथा अन्य नेताहरुले विदेशमा गएर उपचार गराएमा उपचार खर्च राज्यले नव्यहोर्ने भएको हो । 

बिहीवार संसद बैठकमा परिर्माजित विधेयक पेश भएको छ । सो विधेयक बिहीवार नै पारित गर्ने तयारी थालिएको छ । यसअघि सरकारले ल्याएको जनस्वास्थ्य विधेयकमा उपचार खर्चसम्बन्धी कुनै प्रावधान थिएन ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिले जनस्वास्थ्य विधेयकमा प्रचलित कानूनमा जे जस्तो व्यवस्था भए पनि विदेशमा गरिने उपचारको खर्च अब राज्यले नव्यहोर्ने दफा थपेको हो ।

विदेशमा उपचार गर्नुपर्ने भएमा नेपाल सरकारले राज्यकोषबाट खर्च व्यहोर्ने छैन’ भनेर सर्वसम्मत रुपमा दफा २९ थप गरिएको छ ।

विधेयक पास भएपछि कानूनतः विदेशमा गएर गरिने कुनै पनि उपचारको खर्च सरकारले व्यहोर्ने छैन पूर्व स्वास्थ्यमन्त्री एवं कांग्रेस सांसद गगन थापाले बताए । ‘यो विधेयक पास भएपछि नेपाल बाहिर उपचार गर्ने हो भने अब व्यक्ति आफैंले खर्च गर्नुपर्छ ।’ उनले थपे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?