काठमाडौं । बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्याको विरोधमा प्रतिपक्षी दल नेपाली कांग्रेसले गरेको संसद अवरोध हटेको छ ।
निर्मला पन्त हत्याबारे गृहमन्त्रीले शुक्रबार संसदमा जवाफ दिने प्रतिबद्धतापछि संसदको अवरोध हटेको हो ।
बिहीवार संसदमा बैठक शुरु भएलगत्तै नेपाली कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएका थिए ।
अनुसन्धानमा वास्तविकता ढाकछोप गर्न खोजेको र राज्यले अपराधको स्वरुप लिएको कानुनमन्त्री भानुभक्त ढकालले बताए ।
प्रमुख विपक्षी दल कांग्रेसले निर्मला पन्तको हत्या, रोल्पामा तरुण दलका नेताको हत्या र पत्रकार पक्राउबारे प्रधानमन्त्रीको जवाफ माग्दै संसद अवरुद्ध गरेका थिए ।
कानुनमन्त्री ढकालको प्रतिवद्धतापछि संसद सुरु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया