काठमाडौं । प्रतिनिधिसभा बैठकमा बिहीवार पाँच वटा विषयगत समितिले सुझावसहित ८ वटा विधेयक प्रतिवेदन पेश गर्दैछन् ।
बिहीवार बिहान ११ बजे बस्ने बैठकमा संशोधन प्रस्तावसहित विभिन्न दफावार छलफलका लागि प्रतिनिधिसभाले दिएका विधेयकका बुँदामा समितिले सहमति जुटाएर पेश गर्न लागेका हुन् ।
बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उपभोक्ता संरक्षण विधेयक र रोजगारीको हक सम्बन्धी विधेयक प्रतिवेदन बैठकमा पेश गर्ने कार्यसूची रहेको छ ।
संसदका सहप्रवक्ता केशव अर्यालका अनुसार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले खाद्य अधिकारसम्बन्धी विधेयक, राज्य व्यवस्था तथा सुशासन समितिले वैयक्तिक गोपनियता सम्बन्धी विधेयक, विकास तथा प्रविधि समितिले आवास अधिकार सम्बन्धी विधेयक प्रतिवेदनसहित पेश गर्नेछन् ।
त्यस्तै संसदकै शिक्षा तथा स्वास्थ्य समितिले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, जनस्वास्थ्य विधेयक र अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी विधेयक प्रतिवेदनसहित बैठकमा प्रस्तुत गर्ने कार्यसूची छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया