पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

लोकपथ
35
Shares
gf/fo0fu9–d’lUng ;8sdf klx/f] e/tk’/, % ;fpg clj/n jif{sf sf/0f gf/fo0fu9–d’lUng ;8sv08 cGtu{t OR5fsfdgf ufpFkflnsf–^, rf/ lsnf]df v;]sf] klx/f] . k”0f{ ?kdf cj?4 ePsf] ;8ssf] klx/f] kG5fOFb} . t:jL/M s[i0f cfrfo{÷/f;;

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । सोमबार रातिदेखि परेको वर्षाका कारण आज बिहान बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो ।

सडकमाथिबाट खसेको पहिराका कारण उक्त खण्ड दुईतर्फीरूपमा अवरुद्ध भएकामा अहिले एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । पहिरो हटाएर राजमार्ग दुईतर्फी सञ्चालन गराउने काम भइरहेको उनले बताए । पृथ्वीराजमार्ग विस्तारका लागि उक्त ठाउँमा भित्ता काट्ने काम भइरहँदा बेला–बेलामा पहिरो खसेर राजमार्ग अवरुद्ध हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?