(ने.क.पा.) ले अाज प्रदेश कमिटी चयन गर्ने

काठमाडौं : सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) ले अाज नयाँ मापदण्ड स्वीकृत गरि प्रदेश कमिटीहरू चयन गर्ने जनाएको छ । 

हिजो (बुधबार) नै सो पार्टीले वरिष्ठता र योग्यतालार्इ अाधार मानेर प्रदेश र जिल्ला कमिटी गठन गर्ने मापदण्ड पेश गरिएको छ ।

पेश गरिएको मापदण्ड अध्ययन गरि निष्कर्ष निकाल्ने जिम्मा सचिवालय सदस्यलार्इ दिर्इएको (ने.क.पा.) ले जानकारी दिएको छ । 

अाज दिउँसो ३ बजे बस्ने पार्टी सचिवालय बैठकले मापदण्डलार्इ अन्तिम रूप दिने र प्रदेश कमिटी गठन गर्ने सो पार्टीको तयारी छ ।

तर, पूर्व माअोवादी र पूर्व एमाले धारका समूहबीच प्रदेश अध्यक्ष, सचिव, र्इन्चार्ज र सहर्इन्चार्ज तोक्नेबारे विवाद रहेको बुझिएको छ । 

तत्कालीन एमाले र माअोवादीले कुन प्रदेशमा के पद लिने भन्नेबारे टुंगो लगाउन बाँकी नै रहेको (ने.क.पा.) का एक नेताले जानकारी दिए । 

जिम्मेवारी बाँडफाँट गर्न गठित कार्यदलले गरेको सिफारिस अमान्य भएकाले मापदण्ड तयार गरेर मात्रै जिल्ला र प्रदेश कमिटी गठन हुने ती नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?