नाडा अटो एक्सपो-२०२२ स्थगित

लोकपथ
56
Shares
POST PHOTO:PRAKASH CHANDRA TIMILSENA/KANTIPUR

काठमाडौं । २०७९ साल भाद्र ७ गते देखि १२ गतेसम्म काठमाडौंको भृकुटी मण्डपमा सम्पन्न गर्ने भनिएको नाडा अटो एक्सपो २०२२ स्थगित भएको छ ।

सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध साउन १ गतेदेखि खोल्ने भनिएकोमा सो समयावधि अझ थप गरेर २०७९ भदौ १४ गतेसम्मका लागि विस्तार गर्नुका साथै एक सय ५० सिसिभन्दा माथिका दुई पांग्रे सवारी साधनहरुको आयातमा समेत थप प्रतिबन्ध लगाएपछि नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले यस्तो निणर्य गरेको ।

नाडाका अध्यक्ष धुर्ब थापाको अध्यक्षतामा आइतबार काठमाडौंमा बसेको नाडाको केन्द्रीय कार्य समितिको सातौं बैठकले यस्तो निणर्य गरेको नाडा अटो एक्सपो समितिका सभापति अनुप बरालले सो जानकारी दिएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?