पहिरोका कारण तीन सडक अवरुद्ध

लोकपथ
105
Shares

काठमाडौं । पहिरोका कारण दैलेख, पर्वत र लमजुङमा सडक अवरुद्ध भएका छन् ।

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेतारामा सोमबार बिहान पहिरो जाँदा कर्णाली राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

प्रहरी चौकी पाल्तडाबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

पर्वतको कुश्मा नगरपालिका–१ मालढुंगास्थित मालढुंगा बेनी–सडकखण्डमा सोमबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

अस्थायी प्रहरी पोष्ट मालढुंगाबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

लमजुङको बेँसीशहर नगरपालिका–१ उदिपुरस्थित सडकमा सोमबार बिहान पहिरो जाँदा डुम्रे–बेँसीशहर सडकखण्ड अवरुद्ध भएको छ ।

अस्थायी प्रहरी पोष्ट उदिपुरबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?