नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल

लोकपथ
280
Shares

काठमाडौं । नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्याशी अनिता बिन्दूलाई पराजित गर्दै लम्समल अध्यक्ष पदमा विजयी भएका हुन् ।

त्यस्तै महासचिवमा लम्साल प्यानलकै दिलिप पौडेल निर्वाचित हुँदा वरिष्ठ उपाध्यक्षमा पनि लम्साल प्यानलकै प्रेम केसी निर्वाचित भएका छन् ।

अध्यक्षसँगै प्रेस युनियनको अधिकांश पदमा पनि लम्साल प्यानलका उम्मेदवारहरु विजयी भएका छन् ।

लम्सालले शेखर–गगन समूहकाे तर्फबाट उम्मेदवारी दिएका थिए ।

नेपाल प्रेस युनियन नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन हाे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?