एनआईसी एसिया क्यापिटल र मेरो जब लिमिटेडबीच सम्झौता

लोकपथ
42
Shares

काठमाडौं । एनआईसी एसिया क्यापिटलले आईडिया टु आईपीओ “आईडिया टु आईपिओ” सेवाअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनकालदेखि आईपिओ जारी गर्ने चरणसम्म पुर्‍याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको जानकारी दिएको छ ।

सो सेवाअन्तर्गत मेरो जब लिमिटेडलाई संस्थागत परामर्श सेवासहित आईपिओ जारी गर्ने चरणमा पुर्‍याई निकट भविष्यमा सर्वसाधारणहरुमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) जारी गर्नुपर्ने साधारण सेयरको सार्वजनिक निष्काशन गर्नको लागि एनआईसी एसिया क्यापिटल लिमिटेड र मेरो जब लिमिटेडबीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?