काठमाडौं । नेपालमा केही दिन यता कोरोना संक्रमण उकालो लाग्दै गएको छ । पछिल्लो २४ घण्टामा मात्रै नेपालमा थप ३ सय ४७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
३ हजार ८ सय ८८ जनाको परीक्षण गर्दा थप ३ सय ४७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ९५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप दुईजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाको सक्रिय संक्रमितको संख्या ३ हजार १ सय ७७ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया