दाङमा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या प्रयास, १४ वर्षीय किशोर पक्राउ

लोकपथ
161
Shares

काठमाडौं । दाङमा ३ वर्षीया बालिका बलात्कृत भएकी छिन् । उनको बलात्कार पछि हत्याको प्रयास पनि भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसारबबई गाउँपालिका–५ खैरबट्टीका १४ वर्षीय किशोरले घरमा कोही पनि नभएको मौकामा ३ वर्षीया बालिकालाई बलात्कार गरी बलात्कारपछि हत्याको प्रयास गरेका थिए ।

१४ वर्षीय किशोरले ती बालिकालाई मकै बारीको भिरबाट खसालेका डीएसपी अर्यालले बताए ।

बालिकालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ भने ती किशोरलाई म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?