बहसमा हरितालिका : ‘मनोरञ्जनको साधन’ बन्दै गएको तीज, सामाजिक विकृति कि घट्दो आस्था?

काठमाडौं, शर्मिला तिमल्सिना । असारे रोपाइँ र गीतको भेलसँगै अब मानिसमा कामको त्यति चटारो रहने छैन । आराम र भेटघाटको वार्षिक तालिकामा भदौ, असोज र कार्तिक महिना पर्न जान्छ । एक वर्षमा १२ महिना हुन्छ । जसमा ९ महिना हरेक क्षेत्रका मानिसहरुलाई ३ महिनाभित्र पर्ने चाड पर्वलाई कसरी लैजाने र कसरी मनोरञ्जन लिने भन्ने सोच हुन्छ । यसको भरपुर उपयोग समेत गरेको पाइन्छ ।

हिन्दु धर्मावलम्बीहरुको महत्वपूर्ण जात्रा, चाडपर्वको तीथिलाई क्वाँटी दिवस अर्थात् जनैपूर्णिमाले स्वागत गर्छ । यसको शुरुवातसँगै चाडपर्वको लर्को लाग्न थाल्छ । 
जनैपूर्णिमासँगै आउने गाईजात्रा र कृष्णाष्टमीले यस महिनाहरुको महत्वलाई घचघच्याउन थाल्छ । वर्षभरिका चाडपर्वहरुको शुभारम्भ हुन थाल्छ । यसले हिन्दू धर्मावलम्बीहरुलाई दुःख थकान र पीडाको भारीबाट मुक्त गर्छ । 

त्यसैमा पर्ने महिलाहरुको लागि मनाइने हरितालिका तीजले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । महिलाहरुको विशेष पर्वको रुपमा लिइएको तीज अहिले सामाजिक विकृतिको एउटा पाटो पनि बन्न पुगेको छ । धार्मिक परम्पराअनुसार तीजको महत्व अन्य भएपछि यसलाई रमाइलो गर्ने साधनको रुपमा लिने गरिएको छ । यसले पुरातात्त्विक संस्कृतिलाई उजागर गर्ने भन्दा पनि तल्लो तहमा ल्याएर बयान गरिन थालिएको छ ।

राजधानी शहर काठमाडौं र सात प्रदेशका विशेष शहरहरुमा तीज आउनु एक महिना पहिलेदेखि रातो सारी र मीठा पकवानले नेपाली महिलाहरुलाई तान्न थालेको छ । अहिले तीज धार्मिक परम्पराभन्दा मनोरञ्जनको एउटा साधनको रुपमा परिभाषित हुन थालेको छ ।

राजधानी शहर काठमाडौं र सात प्रदेशका विशेष शहरहरुमा तीज आउनु एक महिना पहिलेदेखि रातो सारी र मीठा पकवानले नेपाली महिलाहरुलाई तान्न थालेको छ । अहिले तीज धार्मिक परम्पराभन्दा मनोरञ्जनको एउटा साधनको रुपमा परिभाषित हुन थालेको छ । जसले धार्मिक परम्परामा धावा बोलिरहेको भएपछि यसको उचित सम्पादनको जिम्मा कसैले पनि लिन सकेका छैनन् ।

जति जति यसको आगमन हुन थाल्छ । त्यति यसको व्यवस्थापन पनि भड्किलो बन्दैछ । हिन्दू महत्त्व र धार्मिक परम्पराको पछाडि लाग्ने हो भने हरितालिका तीजलाई ठूलै कथाले छोपेको आभास पाइन्छ । धार्मिक परम्पराको कुरा गर्दा तीजको महत्त्व अग्रस्थानमा आउँछ ।

माता पार्वतीले भगवान शिवलाई आप्mनो वरको रुपमा पाउन ‘व्रत’ बसेको अवस्था उनको निराहार र कठोर व्रतदेखि प्रसन्न भएर शिवले आपूmलाई पार्वतीमा सुम्पेको कथन विभिन्न धार्मिक पुस्तकहरुमा पढ्न र सुन्न पाइन्छ । त्यही परम्पराको निरन्तरता नै  अहिलेसम्म चलेको छ । जसलाई शाब्दिक अर्थमा हरितालिका तीज भनिन्छ ।

यही परम्परालाई कायम राख्दै हिन्दूवादी महिलाहरुले आप्mनो श्रीमान्को दीर्घायु जीवन र स्थायी स्वास्थ्यका लागि एकदिन अगाडि दर (मीठा–मीठा) खानेकुराहरु खाएर त्यसको भोलिपल्ट निराहार व्रत (भोको पेट) बस्ने चलन चलाएका हुन् ।

विगतमा यस व्रतको नियम विकराल भए पनि अहिले भने व्रतका कुराहरु जसमा पनि महिलाहरुको स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई मध्यनजर गरी यसको नियमलाई खुकुलो पारिएको हो ।

जसै नियम खुकुलो बन्दै गयो, यसका पछाडि ‘धोती फुस्कने’ कार्यहरुले निरन्तरता पाउन थाले । जस्तै व्रतको नियमहरु उल्लङ्घन गर्नेहरुको संख्या पनि बढ्दै गएको कुरा धार्मिक विज्ञहरुबिच चर्चाको विषय बन्दै गएको छ ।

धार्मिक महिमा

हिन्दू धार्मिक ग्रन्थअनुसार राजा हिमालयले छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन छोरी पार्वतीलाई मन नपरेपछि पार्वतीले आपूmले मन पराएको वर पाऊँ भनी जंगलमा गएर शिवजीको तपस्या गर्न थालिन् । करीब एक सय वर्षसम्म पनि आप्mनो तपस्याको फल प्राप्त नगरेपछि उनले त्यही स्थानमा शिवजीको लिङ्गको स्थापना गरि निराहार पानी समेत नपिई ब्रत बस्न थालिन् । 

पार्वतीको कठोर व्रतको अगाडि शिवजीको केही जोड चलेन जसको कारण शिवजी आफै प्रकट भई चिताएको कुरा पुगोस् भनी आशीर्वाद दिएकाले शिव र पार्वती प्रणय सूत्रमा बाँधिएका थिए ।

पार्वतीको कठोर व्रतको अगाडि शिवजीको केही जोड चलेन जसको कारण शिवजी आफै प्रकट भई चिताएको कुरा पुगोस् भनी आशीर्वाद दिएकाले शिव र पार्वती प्रणय सूत्रमा बाँधिएका थिए । जुन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही दिनदेखि हिन्दू नारीहरुले यसलाई उत्सवको रुपमा मनाउन थालेका हुन् । जुन चलन अहिलेसम्म पनि चलिरहेको छ ।

विवाहपछि महिलाहरुले आप्mनो श्रीमानकोमा जाने र आपूmलाई जन्म दिने माता पिता, भाइबहिनी, इष्टमित्रहरु र समाजलाई परित्याग गरी पराई घरमा जाने भएकोले एक नारी सो को पीडा र माइतीको यादलाई केही मत्थर गर्नका लागि हालसम्म हरितालिका पर्व मनाउने चलन बसेको हिन्दु ग्रन्थहरु बताउँछन् ।

तीजमा महिलाहरुलाई मीठा–मीठा खानेकुरा र नयाँ कपडा खरिद गरिदिने चलन पनि यही बेलादेखि शुरु भएको मानिन्छ ।

विसङ्गतिमा हरितालिका

प्रत्यक्ष धार्मिक आस्थासँग जोडिएको हरितालिकाको धार्मिक महत्व जति थियो, अहिलेको समाजले त्यसको मान्यतालाई भत्काउँदै लगेको पाइन्छ । जसको मूलकारण भनेको समय, परिस्थिति र आधुनिक समाजलाई लिन सकिन्छ । जसै आधुनिक समाजको प्रारुप तयार भयो । जसले धार्मिकदेखि समाजका विभिन्न अवसरहरुमा छड्के निगरानी शुरु गर्न थाल्यो । जसको प्रत्यक्ष असर ठूला–ठूला चाडपर्वहरुमा पर्न थाल्यो । उदाहरणको लागि हरितालिका तीजले महत्वपूर्ण स्थान राख्छ । 

सङ्गतिभन्दा विसंगति माथि उठ्न थालेको हाम्रो समाजले अहिले धार्मिक महत्वका विषय आवाजहरुमा उठाउन छाडेका छन् । एकदिन अर्थात् व्रतको अघिल्लो दिन खाने दरले पनि महत्वपूर्ण स्थान ओगटेको छ । धार्मिक मान्यताअनुसार व्रतको अघिल्लो दिन खाने मीठा–मीठा परिकारलाई दर भन्ने गरिन्छ भने अहिले यसको महत्त्व घट्न थालेको महसुस गर्न थालिएको छ ।

यद्यपि ‘दर’ को महत्त्व धार्मिक हिसाबले घटेजस्तो देखिए पनि ‘दर’ का नाममा महिनौँदेखि पार्टी दिने चलन भने मौलाउँदै गएको छ । किन घट्यो त दरको महत्व ? प्रश्न जति चोटिलो छ, उत्तर त्यति सहज छैन ।

यद्यपि ‘दर’ को महत्त्व धार्मिक हिसाबले घटेजस्तो देखिए पनि ‘दर’ का नाममा महिनौँदेखि पार्टी दिने चलन भने मौलाउँदै गएको छ ।

किन घट्यो त दरको महत्व ? प्रश्न जति चोटिलो छ, उत्तर त्यति सहज छैन ।

तीजको तिथि आउनु एक महिना अगाडिदेखि महिलाहरुमा आउने परिवर्तन र हाउभाउ पनि हो । यसमा सबैभन्दा चर्चा पाएको दिन भनेको ‘दर’ नै हो । एक महिना अगाडि विभिन्न स्थानहरुमा रहेका आप्mना साथीहरुसँग बसी दर खाने एक प्रकारको आधुनिक प्रचलन पनि बढेको छ ।

तीजका पछाडि जे जति कुराहरु आए पनि यसको  धार्मिक परम्परा र साँस्कृतिक महत्त्वलाई अहिलेसम्म कसैले पनि मेट्न सकेको छैन । त्यसैले यसको महत्त्वलाई ध्यानमा राखी यसको अगाडि आउने विङ्गतिहरुलाई पन्छाउँदै संस्कृतिको जगेर्नातर्फ लाग्नु नै अहिले सबै हिन्दू महिलाहरुको लागि ध्यान जान आवश्यक छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?