१३ माघ २०७९, शुक्रवार

पाकिस्तान श्रीलंकाको अवस्थाभन्दा धेरै टाढा छैन : इमरान खान

२०७९,श्रावण,८,आईतवार १०:४५

270
Shares

इस्लामाबाद । पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तेहरिक–इ–इन्साफ (पीटीआई)का अध्यक्ष इमरान खानले पाकिस्तान श्रीलंकाको अवस्थाभन्दा टाढा नभएको बताएका छन् ।

सर्वसाधारण मानिस असिफ जर्दारीले नेतृत्व गरेको ‘माफिया’ विरुद्ध ‘हकीकी आजादी’को लागि सडकमा उत्रनेसमेत उनले चेतावनी दिएका छन् ।

पूर्वक्रिकेटरसमेत रहेका खानले आसिफ जर्दारी र शरीफ परिवारको नेतृत्वमा रहेको माफियाले अवैध रूपमा जम्मा गरेको सम्पत्ति जोगाउन तीन महिनामा देशलाई राजनीतिक र आर्थिक रूपमा तहसनहस पारेको आरोप लगाए ।

‘हामी श्रीलंकाको अवस्थाभन्दा टाढा छैनौं जब हाम्रा जनता सडकमा उत्रनेछन्’, खानले भने ।

पाकिस्तानको ३० वर्षसम्म लुटेर अवैध रूपमा जम्मा गरिएको सम्पत्ति बचाउनको लागि तीन महिनामा जरदारी – शरीफको माफियाले देशलाई राजनीतिक र आर्थिक रूपमा देशलाई घुँडा टेकाएको छ ।

खानले यसअघि आफू सत्ता ढल्नुमा अमेरिकालाई दोष लगाएका थिए ।

प्रकाशित मिति: २०७९,श्रावण,८,आईतवार १०:४५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पेरुको वर्तमान सङ्कटलाई सम्बोधन गर्न अर्थपूर्ण र समावेशी वार्ताका लागि आह्वान गरेका छन्

सोमालिया । सोमालियामा सेनाले विद्रोही अल सबाबका विरुद्धमा जारी राखेको कारबाहीका क्रममा एक सातामा कम्तीमा पनि तीन सय जना लडाका

काठमाडौं । अफ्रिकी विकास बैंकले अफ्रिकी देशहरुमा खाद्य सुरक्षाको प्रयोजनका लागि आर्थिक सहयोग गर्ने भएको छ । सो सहयोगको रकमबाट

काठमाडौं । रुसविरुद्ध युक्रेनलाई प्याट्रियट मिसाइल डिफेन्स सिस्टम दिएपछि अब अमेरिकाले पनि युक्रेनमा युद्ध ट्याङ्क पठाउने घोषणा गरेको छ ।

ताजा समाचार

मकैको बीउ उत्पादनसँगै निर्यात
 २०७९,माघ,१२,बिहीवार २२:०६