भारतमा नेपालसँग समसामयिक सम्बन्ध सुधार गर्न बहस

काठमाडौ : नेपालले बिमस्टेकको संयुक्त सैन्य अभ्यासबाट आफ्नो सहभागीतासम्बन्धी निर्णयलाई फिर्ता लिएपछि भारतमा ठूलो चिन्ता र चासो व्यक्त गर्न थालिएको छ ।

चीनसँगको सम्बन्ध विस्तार र भारतसँगको सम्बन्ध कटौती गर्न थालिएकोमा त्यहाँका विभिन्न सञ्चारमाध्यममा चिन्ता व्यक्त गरिएको पाइएको छ । 

नेपाल मामिलका जानकार मानिएका आनन्दस्वरूप वर्माले भारतमा राष्ट्रवादको केन्द्र पाकिस्तान विरोधी भएको जस्तो देखिएजस्तै नेपालमा राष्ट्रवादको केन्द्र भारत विरोध हुने गरेको बताए ।

यो स्थितिको जिम्मेवार भारत नै भएको बताउँदंै वर्माले भने “२०१५मा भारतले नाकाबन्दी गरी त्यहाँका नागरिकको विरूद्ध भावना भडकाउने काम ग-यो ।  

नेपाल र भारतबीच सांस्कृतिक, धार्मिक र कतिपय प्रचुर समानता रहेपनि भारतले त्यसको लाभ उठाउन सकेको छैन् । नेपालमा भारतले आफै आफ्नो खुट्टोमा बन्चरो हानेको हो ।”

भारत सयकडौं वर्षसम्म उपनिवेश रहेको भन्दै वर्माले भने “ नेपाल कसैको कहिल्यै उपनिवेश रहेन् ।

भारतमा औपनिवेशिक मानसिकता मात्र राजनीतिमा होइन समाज र बुद्धिजीवीहरूमा पनि देखिन्छ ।

हामीलाई नेपाली सुरक्षा गार्ड स्वीकार छ , नोकर मञ्जुर छ, तर एक सम्प्रभु देश मञ्जुर छैन् ।”

कुनै सम्प्रभु देश अर्को देशका साथ आफ्नो हितमा सम्बन्ध किन निर्माण गर्न सक्दैन त्यो पनि त्यतिखेर जब उसको बारेमा ध्यान एकले गर्दैन भनि प्रतिप्रश्न गर्दै वर्माले भने “ १९६२मा भारत र चीनबीच

भएको युद्धपछि १९६४मा चीनले काठमाडौमा कोदारी राजमार्ग बनाएको थियो ।

त्यतिखेर भारतको संसदमा धेरै तीखो बहस भएको थियो । भन्न थालिएको थियो चीन अब गोरखपुरसम्म पुग्नेछ । तर त्यसो भएन् ।” 

सन् १९५०को नेपाल  भारत मैत्री सन्धीका बारेमा नेपालमा विरोधको स्वर बलियो भएको भन्दै उनले भने “ त्यो सन्धी राणाकालमा भएको थियो अब त्यहाँ लोकतन्त्र गणतन्त्र छ ।

लोकतान्त्रिक नेपालले भारतसँग त्यो सन्धी फेर्न भन्छ भने भारतले त्यसमा पहल गर्नुपर्छ ।”

बिमस्टेकको सैन्य अभ्यासमा सहभागी नभइ चीनसँगको दुई पक्षीय सैन्य अभ्यासमा सहभागी जनाउन थालेको नेपाल बारे पनि त्यहाँ बहस भइरहेको छ ।

नेपालले १७देखि२८ सेप्टेम्बरसम्म चीनका साथ १२ दिनको सैन्य अभ्यास गरी भारतलाई झड्का हानेको उल्लेख गरिएको छ ।

भारतीय समाचारहरूमा प्रधानमन्त्री केपी शर्मा ओालीले नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीलाई सैन्य अभ्यामा सहभागी नहुने कारण जनाएको भएपनि त्यसको खुलासा नगरिएको उल्लेख छ ।

तर यसबारे कुनै औपचारिक वक्तव्य सार्वजनि नभएकाले दुई तिहाई भन्दा बढीको बहुमत सरकारका लागि कुनै अन्य कारणको दबाब हुनु अस्वाभाविक भएको उल्लेख गरिएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चार पटक नेपालको भ्रमण गरिसकेको भएपनि दुई देशबीचको सम्बन्धमा विश्वासको कमी देखिएको उल्लेख छ ।

चीनले आफ्नो बन्दरगाह नेपाललाई उपयोग गर्न दिने जस्ता विषयमा पनि उल्लेख गरिएको छ ।

नेपालमा भारत विरूद्धको आक्रोसका विषय पनि उल्लेख गरिएको छ । ओली दोस्रो पटक प्रधानमन्त्री बनेका हुन् ।

ओली दुवै पटक नेपालको भ्रमण गरेकाछन् । नेपालको संविधानमा मधेशीहरूले उठाएको संशोधनको मागलाई आन्तरिक विषय भनेको ओलीले भारतको भनाईलाई विरोध गरेको र १९५० सन्धीका

बारेमा ओली कठोर रहेको पनि उल्लेख गरिएको छ ।

नेपालमा रहेको भारतीय मुद्रा फिर्ता लिन भारतले आनाकानी गरेको विषयबाट पनि नेपाल क्रोधित भएको बुझाई भारतीयहरूमा रहेको छ ।

ओलीले भारतीय लगानीकर्ताले विश्वभर लगानी गरिरहेका छन् तर नेपाल छिमेकी देश छ सांस्कृतिक समानता छ र पनि भारतीय लगानीकर्ताले नेपालमा लगानी किन नगरेको भनी प्रश्न तेस्र्याएको विषयलाई पनि समाचारमा उल्लेख गरिएको छ ।

त्यतिमात्रै होइन कुनै बेला ओली भारतीय समर्थक मानिन्थे । तर अहिले के भएर भारत विरोधी भएका हुन त्यसबारे पनि चिन्ता व्यक्त गरिएको छ । 

ओलीले नेपाल र भारतबीच भएको महाकाली सन्धीमा सघाएका थिए ।

यस्तो अनुकूल अवस्था रहेन पनि भारत नेपालमा पछि परेको चिन्ता चासो व्यक्त गर्दै भनिएको छ – चीनले हालका वर्षहरूमा नेपालमा ठूलो लगानी गरेको छ ।

आधारभूत पूर्वाधार परियोजनामा चीनको लगानी बढिरहेको छ ।

चीनले नेपालमा विमानस्थल, सडक, अस्पताल, कलेज र विशाल पसल र रेल्वे लाइनमा लगानी लगाउन काम गरिरहेको छ ।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?