खानेपानी समितिको अधिवेशनमा १७ प्रतिशत मात्रै उपभोक्ता उपस्थित, कोरम नपुगेपछि घरघरमा पुगेर हस्ताक्षर गराइदैँ

लोकपथ
56
Shares

अर्घाखाँची । अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा सन्धिखर्क साना शहरी खानेपानी तथा सरसफाई नगर उपभोक्ता संस्थाको अधिवेशन सन्धिखर्कमा जारी छ । करिब १८ सय जना उपभोक्ता रहेको संस्थामा करिब तीन जनाको मात्रै उपस्थितिमा अधिवेशन शुरु भएको हो ।

अधिवेशनमा आवश्यक संख्या नपुगे पनि निर्वाचन समितिले निर्वाचन प्रक्रिया भने अगाडि बढाएको छ।

उद्घाटनसत्रमा आवश्यक कोरम नपुगेपछि सदस्यको घरघरमै पुगेर हस्ताक्षर गराएर माइन्युटमा संख्या बढाइएको छ । ‘कार्यक्रममा म सहभागी थिइन, नाम उल्लेख नगर्ने शर्तमा एक उपभोक्ताले भने, ‘हामीलाई गाह्रो भयो भनेपछि घरमै आएकालाई हस्ताक्षर गर्दिएको छु ।’

घरघरमा पुगेर हस्ताक्षर गराएको माईन्युट भने गोप्य राखिएको छ । अहिले माईन्युट उपलब्ध गराउन सकिँदैन,’ निर्वाचन समिति संयोजक केबी भुसालले भने, ‘तपाईं के गर्न सक्नुहुन्छ गर्नुस्, आज दिन सकिन्न भोलि पाउनुहुन्छ ।’

उद्घाटनसत्र चलिरहेकै बेला जिल्लामा क्रियाशील राजनीतिक दलहरूले पदाधिकारी तथा सदस्यमा बाँडफाँट गरे पनि दोहोरो उम्मेदवारी परेपछि चुनाव हुने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?