आज देशका यी स्थानमा वर्षाको सम्भावना

लोकपथ
217
Shares

काठमाडौं । आज मुलुकका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ ।

बिहान काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । दिउँसो पहाडी भूभागका केही स्थान र अन्य भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । मुलुकका केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।

मनसुनको न्यून चापीय रेखा सरदरभन्दा केही दक्षिण रहेकाले सक्रिय हुन नसकेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?