सानिमा बैंक र नेपाल प्रहरीबिच सम्झौता

लोकपथ
378
Shares

काठमाडौ । सानिमा बैंक र नेपाल प्रहरी अस्पताल महाराजगंजबिच सम्झौता भएको छ । बैंकका अनुसार न्यून आर्थिक अवस्था भएका महिलालाई उपचार गर्न उक्त सम्झौता भएको हो । सम्झौता अनुसार बैंकले अस्पताललाई आर्थिक सहयोग गर्नेछ ।

बैंकले न्यून आर्थिक अवस्था भएका महिलाहरुलाई उपचार गर्न वार्षिक चार लाख ८० हजार रुपैयाँ दिनेछ। बैंकले नारी बचत खाता वापत मासिक एक रुपैयाँ नारी सामाजिक कोषमा रकम जम्मा गर्दै आएको छ ।

सम्झौतापत्रमा अस्पतालका प्रहरी अतिरिक्त महानिरीक्षक डा.आशा सिंह र सानिमाका सहायक प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाइँले हस्ताक्षर गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?