राप्रपाको केन्द्रीय कार्य समितिको बैठक असोज पहिलो साता बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठक आउँदो असोजको पहिलो सातामा काठमाडौंमा बस्ने भएको छ । 

समसामयिक राजनीतिक, पार्टी संगठन र विविध विषयमा छलफल गर्न राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आउँदो असोज २ र ३ गते काठमाडौंमा बस्ने भएको हो । 

राप्रपामा हरेक ३–३ महिनामा केन्द्रीय कार्य समितिको पूर्ण बैठक बस्ने प्रावधान छ । 

बैठकमा अध्यक्ष कमल थापाले समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?