चट्याङ लागेर एक जनाको मृत्यु

लोकपथ
119
Shares

पर्सा । वीरगन्ज महानगरपालिका–२८ बगही बस्ने ३५ वर्षीय दिनानाथ ठाकुरको चट्याङ लागेर बिहीबार साँझ मृत्यु भएको छ ।

खेतमा काम गर्न गएको अवस्थामा चट्याङ लाग्दा उनी गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारको लागि नारायणी बयोधा अस्पताल वीरगन्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?