पहिरोका कारण लमजुङ र नुवाकोटमा सडक अवरोध

लोकपथ
70
Shares

काठमाडौं । अविरल वर्षापछि आएको पहिरोका कारण लमजुङ र नुवाकोटामा सडक अवरोध भएको छ ।

लमजुङको बेँसिशहर नगरपालिका–१ उदिपुरस्थित सडकमा शुक्रबार बिहान पहिरो जाँदा डुम्रे–बेँसिशहर सडकखण्ड अवरोध भएको छ ।

अस्थायी प्रहरी पोष्ट उदिपुरबाट खटिएको प्रहरीले अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

नुवाकोटको शिवपुरी गाउँपालिका–६ गुर्जेभन्ज्याङस्थित टोखा–छहरे सडकमा शुक्रबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ ।

अस्थायी प्रहरी पोष्ट गुर्जेबाट खटिएको प्रहरीले अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?