ग्लोबल आईएमई बैंकले कमायो ५ अर्ब २० करोड रुपैयाँ खुद मुनाफा

लोकपथ
28
Shares

काठमाडौं । ग्लोबल आईएमई बैंकले आर्थिक वर्ष २०७८/०७९ मा पाँच अर्ब २० करोड ६४ लाख ५५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा चार अर्ब १६ करोड ५१ लाख ५२ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजार रुपैयाँ रहेको बैंकले आव २०७८-०७९ मा दुई खर्ब ७७ अर्ब ४९ करोड २० लाख १३ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई खर्ब ५८ अर्ब ५४ करोड ४४ लाख २३ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १० अर्ब ७४ करोड छ लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशलव २२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव २६ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने ३ अर्ब १९ करोड ९५ लाख ३६ हजार रुपैयाँ रहेको छ ।

अघिल्लो आवमा भने बैंकले दुई खर्ब ६८ अर्ब ४३ करोड ३७ लाख ९२ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई खर्ब २८ अर्ब ६५ करोड १४ लाख २७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

उक्त अवधिमा ९ अर्ब १३ करोड ९१ लाख २८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ४१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव ६५ प्रतिशत रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?