काठमाडौं । निर्मला पन्तको हत्याबारे छानविन गर्न बनेको उच्चस्तरीय समितिका सदस्यले दिएको राजीनामाबारे गृहमन्त्री रामबहादुर थापा 'बादल'ले छानविन गर्ने भएका छन् ।
निर्मला पन्तको बलात्कारपछि भएको हत्याबारे छानविन समितिका सदस्य वीरेन्द्र केसीले सोमबार पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गरेका थिए ।
केसीको राजीनामा प्रति गृहमन्त्री थापाले चासो व्यक्त गरेका हुन् ।
प्रदेश ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिवसमेत रहेका उनले समितिको म्याद थप भएकोमा असन्तुष्टि जनाएका छन् र घटनाका मुख्य अपराधीबाट आफूलाई असुरक्षा भएको दाबी गर्दै सोमबार राजीनामा दिएका हुन् ।
गृहमन्त्री थापाले मन्त्री हेरफेरको हल्ला निराधार भएको दाबी समेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया