पहिरोका कारण दुई सडक अवरुद्ध

लोकपथ
78
Shares

काठमाडौं । काठमाडौंको तारकेश्रर नगरपालिका–३ पाँचमानेस्थित सडकको भितामाथि रहेको ठूलोढुङ्गा गएराति बाटोमा खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । लमजुङको बेशीशहर नगरपालिका–१ उदिपुरस्थित सडकमा बिहीबार बिहान पहिरो झर्दा डुम्रे–बेसिशहर सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

अस्थाई प्रहरी पोष्ट उदिपुरबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?