काठमाडौं । लामो समयदेखि पदविहीन रहेको सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र नियुक्त भएका छन् ।
सोमवार संसदीय सुनुवाइ विशेष समितिले मिश्रको नाम अनुमोदन गरेको थियो । प्रधानन्यायाधीश नियुक्त भएका मिश्रले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ गरेका थिए ।
मिश्रले आज (सोमवार) देखि नै पदभार सम्हालेका छन् । उनलाई सर्वोच्चमा न्यायाधीश दीपकराज जोशीले स्वागत गरेका थिए ।
यसअघि जोशीलाई संसदीइ सुनुवाइ समितिले अस्वीकार गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया