इन्जिनियरलाई विदेश पलायन हुनबाट राेक्नुपर्छ

लोकपथ
63
Shares

काठमाडाैं । शहरी विकासमन्त्री मेटमणि चौधरीले इन्जिनियरहरु विदेश पलायन हुनु नहुने बताएका छन् । बुधवार पुल्चोक क्याम्पस इन्जिनियरिङ अध्ययन संस्थानमा ‘विद्यार्थीहरुसँग मन्त्री’ कार्यक्रमअन्तर्गत भएको शहरी विकास विषयक अन्तर्क्रियामा बोल्दै मन्त्री चौधरीले इन्जिनियरहरु विदेशीनु नहुने बताएका हुन् ।

मन्त्री चौधरील इन्जिनियरिङ क्याम्पस भर्ना गर्नुअघि नै विदेश जाने मनोविज्ञान बोक्ने गरिएको भन्दै त्यस्तो मनोविज्ञान त्याग्न विद्यार्थीहरुलाई आग्रहसमेत गरे । साथै मुलुक निर्माण गर्ने जिम्मेवारी इन्जिनियरहरुको पनि भएको उल्लेख गर्दै मन्त्री चौधरील सो जिम्मेवारी पूरा गर्न सबैमा आग्रह पनि गरेका छन् ।

मन्त्री चौधरीले शहरी विकास सम्बन्धी नीतिहरु बनाउँदा इन्जिनियरहरुको ज्ञानको पनि उपयोग गरिने बताए । मन्त्री चौधरीले आगामी दिनमा नयाँ शहरहरु बनाउने भन्दै त्यसको इन्जिनियरिङ गर्ने जिम्मेवारी इन्जिनियरहरुलाई दिएर विदेश जान नपर्ने उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?