सरकारले विप्लव नेतृत्वको नेकपालाई वार्तामा बोलायो

काठमाडौं । सरकारले विप्लव नेतृत्वको नेकपालाई वार्तामा बोलाएको छ । 

सोमबार कानून मन्त्रालय सिंहदरबारमा सरकारद्वारा गठित सरकारी वार्ता टोलीले पत्रकार सम्मेलन गरी विप्लव नेतृत्वका नेकपासहित द्वन्द्वरत सबै पक्षलाई वार्ताका लागि आउन औपचारिक आह्वान गरेको हो । 

सरकारले सबै प्रकारका द्वन्द्व निर्मुल गरी सहमतिका माध्यमबाट शान्ति, सहिष्णुता र सद्भाव कायम गरी समावेशी, समतामुलक, न्यायपूर्ण र अग्रगामी राज्य निर्माण गर्न तयार रहेको वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले बताए । 

त्यस्तै नेपाल सरकार असहमति, विवाद र द्वन्द्वलाई वार्ताकै माध्यमबाट टुङ्गो लगाउन तयार रहेको पनि जनाएको छ ।

सरकारले गत भदौ ८ गते सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरेको थियो । 

सो टोलीलाई संक्रममणकालिन अवस्थामा भएका मधेश आन्दोलन तथा अन्य आन्दोलन र सरोकारवालासँग नेपाल सरकारको तर्फबाट वार्ता गरी सहमति, सम्झौता र समझदारीका विषयमा अध्ययन विश्लेषण गरी कार्यान्वयन गर्नका लागि आवाश्यक सुझावहरु सरकारलाई पेश गर्ने अधिकार प्राप्त छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?