दाङ । रोल्पामा नेकपा माओवादी केन्द्रका कार्यकर्ताले घर बिदामा जाँदै गरेका प्रहरी हवल्दारमाथि कुटपिट गरेका छन् ।
जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ७ अँधेरीखोलामा प्रहरी हवल्दार रामबहादुर बाँठालाई माओवादी कार्यकर्ताले कुटपिट गरेका हुन् । मंगलबार बेलुका ७ बजेतिर सोही ठाउँका माओवादी कार्यकर्ताले कुटपिट गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख डीएसपी विनोद घिमिरेकाअनुुसार प्रहरी हवल्दार बाँठाको निधारमा चारवटा टाँका लगाउनु परेको बताए । प्रहरीकाअनुसार उनको टाउको तथा शरीरका विभिन्न भागमा घाउ खत तथा निलडाम छन् ।
घर बिदामा जाँदै गरेका प्रहरी हवल्दार बाँठामाथि स्थानीय माओवादी कार्यकर्ता खिमविक्रम केसीको समूहले कुटपिट गरेको बताइएको छ । केसी गत स्थानीय निर्वाचनमा वडाध्यक्षमा पराजित भएका थिए ।
डीएसपी घिमिरेकाअनुसार कुटाइ खाने हवल्दार बाँठा प्युठानबाट सुनवलस्थित दंगामा सरूवा भएका थिए । बाठा रमना लिएर बिदामा घर जाँदै गर्दा बाटोमा बसिरहेका माओवादीका कार्यकर्तासँग भेट भएको थियो । मोटरसाइकलमा सवार बाँठाले माओवादी कार्यकर्तालाई बाटोमा किन बसिरहेका हो? भनेर सोधेपछि उनीहरू आक्रोसित भएर कुटपिट गरेको खुल्न आएको छ ।
‘प्रहरी हवल्दार बाँठा मोटरसाइकल रोकेर पसलमा केही सामान किन्न गएका रहेछन्,’ डीएसपी घिमिरेले भने, ‘त्यही क्रममा माओवादी सबै हरूवाहरू किन यहाँ बसेका छौं भनेपछि आक्रमणमा उत्रिएको भन्ने खुलेको छ ।’
उनीमाथि कुटपिट तथा आक्रमण गर्ने सबैले मदिरा सवेन गरेको कुरा खुल्न आएको डीएसपी घिमिरेले बताए । घटनाबारे छलफल तथा अनुसन्धान भइहेको प्रहरी जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया