अध्यक्ष प्रचण्डको भारत भ्रमण सफल भएको दुबै अध्यक्षको निष्कर्ष

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को चार दिने भारत भ्रमण सफल भएको समिक्षा भएको छ ।

आज बिहान प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच प्रम निवास बालुवाटारमा भएको बैठकमा यस्तो समिक्षा भएको हो ।

दुबै अध्यक्षबीच भएको बैठकमा अध्यक्ष प्रचण्डले भारत भ्रमणको विषयमा चर्चा गरेका थिए ।

त्यसैगरी पार्टीका तल्ला कमिटिहरु र जबस–मोर्चाबीचको एकीकरण टुंग्याउन बुधवार बिहान पार्टी केन्द्रीय सचिवालयको बैठक बस्ने निर्णय पनि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?