संसदीय समितिमा परेका उजुरीमाथिको जवाफ दिँदै मिश्र बैठकबाट बाहिरिए

काठमाडौं । सर्वोच्च अदालतको प्रस्तावित प्रधानन्यायाधीश ओम प्रकाश मिश्र संसदीय समितिमा परेका उजुरीमाथिको जवाफ दिएर बैठकस्थलबाट बाहिरिएका छन् ।

प्रस्तावित प्रधानन्यायाधीश  मिश्रले आफुमाथि परेका उजुरीको जवाफ दिने क्रममा आफुले अहिलेसम्म १७ हजार मुद्दा फैसला गरेको बताएका हुन् । 

विराटनगरमा हुँदा मिश्रले श्रीमतिलाई सहयोगी भनेर फैसला गरेर अंश पाउनबाट वञ्चित गरेका थिए । 

त्यस्तै काठमाडौँमा वैदेशिक रोजगारी सम्बन्धी परेको उजुरीको जवाफ दिँदै मिश्रले २०६१ वैशाख २ गतेको उक्त फैसला अरु नै न्यायाधीशले गरेको बताएका छन् । सो मुद्दामा १० लाख ५ हजार पीडितले पाउने फैसला अर्कैले गरेको तर आफुले सदर गरेको बताएका छन् ।

त्यस्तै उनले त्रिविको मुद्दा अझै पेशीमै रहेको प्रष्टिकरण दिएका छन् । 

यसअघि, मिश्रसँग संसदीय सुनुवाई समितिले उनीमाथि परेका उजुरीको जवाफ मागेको थियो ।  मिश्रमाथि परेका तीन उजुरी परेका थिए । 

समितिको बैठकमा समितका संयोजक लक्ष्मणलाल कर्णले उजुरीबारे जवाफ मागे ।

उजुरीमा त्रिवि सेवा आयोगले परीक्षा लिएको कपी झिकाउने आदेश दिएको तर निरन्तर पेशी तोकेपनि फैसला भएको छैन । यसमा किन  फैसला नगरेको मिश्रमाथि प्रश्न गरिएको थियो । त्यस्तै काठमाडौ जिल्ला अदालतमा मुख्य न्यायाधीश हुँदा बैदेशिक रोजगारी सम्बन्धी मुद्दामा पीडितले मुद्दा जित्दा पनि क्षतिपुर्ति नदिलाएको भन्ने मिश्रमाथि उजुरी थियो ।

त्यसैगरी तेस्रो उजुरीमा मिश्र विराटनगरमा न्याायाधीश भएको बेला परेको अंश मुद्दामा श्रीमतिलाई सहयोगी बनाएर फैसला गरिएको बारे प्रश्न गरिएको थियो ।

त्यस्तै प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको सुनुवाई सकिए लगत्तै संसदीय  मिश्रलाई प्रधानन्यायाधीशमा अनुमोदन गरेको छ । 

यो पनि पढ्नु हेर्नुहोस् 

ओमप्रकाश मिश्र प्रधानन्यायाधीशमा अनुमोदन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?