पहिरोका कारण याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध

लोकपथ
35
Shares

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ।

गए राति परेको वर्षाले बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो।

सडकमाथिबाट आएको पहिरोले सडक दुईतर्फीरूपमा अवरुद्ध भएको र पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए।

पृथ्वीराजमार्ग विस्तार गर्ने काम भइरहँदा बेला–बेलामा पहिरो खसेर राजमार्ग अवरुद्ध हुने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?