बेलायती महारानी र प्रधानमन्त्रीबीच गुप्त भेटघाट

एजेन्सी:  बेलायतका प्रधानमन्त्री टेरिजा मेले बेलायती महारानीलाई बालमोरलमा युरोपियन युनियनबाट बेलायत छुट्टिने प्रस्ताव ब्रेग्जिटको प्रगतिबारे जानकारी दिएकी छिन् ।

पूर्ववर्ती महिला प्रधानमन्त्री मार्गरेट थ्याचरले शासन गरेजस्तो लामो कार्यकाल पूरा गर्ने दाबी सहित यो जानकारी मेले महारानीलाई दिएकी हुन् ।

पति फिलिपका साथ प्रधानमन्त्री मे स्कटल्यान्डको चर्चमा बेलायती महारानीसँग रहेको फोटोमा देखिएको हो ।

यो वर्ष प्रधानमन्त्री मेले धेरै समाचार बनाउन सफल भएकी हुन् ।

महारानीसँग बालमोरलमा भेट, युरोपेली युनियनसँगको निर्णायक चरणको वार्ता र भविष्यको व्यापारसम्बन्धी विषयहरू प्रमुख रहेका छन् ।

मेको चेकर्स प्लानका विरूद्धमा लेबर पार्टीका साथ उनकै पार्टीका केही सांसद रहेका छन् ।  उनकै पार्टीका बोरिस जोनसन प्रधानमन्त्रीको कुर्सी ताकेर बसेका छन् ।

बोरिसले मेलाई पदच्युत गराउने योजनामा रहेको देखिएका छन् । ९२ वर्षीया महारानीको शासन कालमा विस्टन चर्चिल देखि अहिलेसम्मका प्रधानमन्त्रीमा मे १३ औं प्रधानमन्त्री हुन् ।

महारानीले सरकारको कामकाज र राजनीतिमा रूचि लिएको देखिएको छ ।

प्रधानमन्त्री मे र महारानीबीचको यो भेंटलाई औपचारिक बनाइएको छैन् ।

औपचारिकरूपमा यसको उल्लेख नगरिएकाले यसलाई गुप्त भेंटघाटको रूपमा लिइएको हो ।

मेका विरूद्ध दबाब बढ्दै गएको भएपनि उनले पार्टीको सम्मेलनमा आफूले अर्को चुनाव जित्ने सम्बोधन गर्ने भएकी छिन् ।

उनले थ्याचरको ११ वर्षे कार्यकाल जस्तै आफ्नो कार्यकाललाई २०१७सम्म पु¥याउन खोजेको देखिएको छ ।

थ्याचरले सन् १९७९ देखि १९९०सम्म प्रधानमन्त्री भएर शासन गरेकी थिइन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?