काठमाडौं । माओवादी सशस्त्र द्वन्द्वका बेला चितवनमा मारिएका गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपमा थुनामा रहेका छविलाल पौडेलले आइतबार अदालतबाट सफाइ पाएपछि सोमबार डिल्लीबजार कारागारबाट रिहा भएका छन् ।
उनको स्वागतका लागि समर्थकहरु सोमबार बिहान बाजागाजासहित कारागार पुगेका थिए ।
गत असार २४ गते आत्मसमर्पण गरेका पौडेलले सोमबार बिहान कारागारबाट रिहाइपछि प्रतिक्रिया दिँदै पीडित परिवारले घटनाबारे नबुझेरै आफूविरुद्ध उजुरी हालेको बताए ।
‘उहाँहरुले सत्य तथ्य नबुझि मविरुद्ध उजुरी दिनुभएको हो’, ‘उहाँहरुलाई पछतो हुनेछ ।’ पौडेलले भने ।
उनले आफूलाई नराम्रो भए पनि आरोप लगाउनेहरुप्रति सदीक्षा व्यक्त गरे । ‘उहाँहरुलाई राम्रो होस्, हामीलाई जे–जे भए पनि’, उनले भने ।
साथै पौडेलले अन्यायमा परेकाले न्याय पाउने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि सबैको साथ र सहयोग पाउने अपेक्षासमेत व्यक्त गरे ।
आइतबार चितवन जिल्ला अदालतले फुजेल हत्याकाण्ड प्रकरण फैसलामा सुनाएपछि छविलाल पौडेलसहित १२ जनाले सफाइ पाएका थिए । एक जना प्रतिवादी रुद्र आचार्य पक्राउ नपरेको हुँदा पछि ठहर गर्ने गरी फैसला सुनाएको हो ।
२०६१ साल जेठ २४ मा गोरखाका कृष्ण अधिकारीको चितवन रत्ननगरमा रहेका आफ्ना हजुरबुवा र हजुरआमालाई भेट्न गएको बेला हत्या भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया