बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

लोकपथ
70
Shares

काठमाडौं । कैलालीको गौरीगङ्गा नगरपालिका–१ चौमाला बहुमुखी क्याम्पस नजिक बसको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा गौरीगङ्गा–२ कटानका अन्दाजी ४६ वर्षीय खडक थापा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीका अनुसार सोमबार चौमाला बुहमुखी क्याम्पस नजिक पूर्वबाट पश्चिमतर्फ जाँदै गरेकोे ना ६ ख ९६९३ नम्बरको सुदूरपश्चिम यातायातको बसले विपरीत दिशातर्फ आउँदै गरेका साइकलयात्री थापालाई ठक्कर दिएको थियो।

घाइते थापाको धनगढीस्थित निसर्ग अस्पतालमा उचारका क्रममा आज बिहान मृत्यु भएको थियो। बस र बसचालकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?