लागूऔषध मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

लोकपथ
35
Shares

नेपालगञ्ज । बाँके प्रहरीले दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । लागूऔषध मुद्दामा अदालतले सजाय तोकेका कोहलपुरका अजयकुमार चौधरी र सुदीप चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कोहलपुर नगरपालिका वडा नम्बर १५ का अजयलाई जिल्ला अदालतले २०७८ मंसिर ८ गते नौ महिना २१ दिनको कैद सजाय सुनाएको थियो ।

त्यस्तै, कोहलपुर नगरपालिका वडा नम्बर १० का सुदिपलाई अदालतले २०७८ माघ ३० गते २८ दिनको कैद सजाय तोकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?