काठमाडौं । एनआईसी एसिया बैंकको सर्वश्रेष्ठ १० मुद्दती निक्षेप योजनामा ग्राहकहरुको आर्कषण उच्च देखिएको छ । ग्राहकहरुको आर्कषण उच्च भएसँगै योजनाको अवधि थप गर्र्नुपर्ने माग भएपछि बैंकले उक्त योजनालाई श्रावण महिनासम्मको लागि थप गरेको हो ।
सुरक्षित भविष्य, सबै समस्या हल, मुद्दतीमै संम्भव छ, अब १० गुणा प्रतिफल सहित बैंकले उक्त मुद्दती निक्षेप सञ्चालनमा ल्याएको छ । यो योजनाको विस्तृत जानकारीको लागि १० एक्स टाईप गरी ३४४८८ मा एसएमएस पठाउन अथवा ९८०१२२७७५५ मा मिस्डकल गर्न पनि बैंकले आग्रह गरेको छ ।
बैंकले यसअघि बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकमा बचत खाता खोलेका तीन जना ग्राहकहरुलाई घातक रोगको बीमा वापत प्रतिव्यक्ति १० लाखको दरले कुल ३० लाख बीमा रकम भुक्तानी गरेको थियो । बीमा लाभ प्राप्त गर्नेमा बैंकको स्वयम्भु शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेका हरिन्द्र शाह तेली, जाजरकोट शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेका प्रचण्ड जंग शाह र थली शाखामा सर्वश्रेष्ठ कागेश्वरी मनोहरा नगरपालिका बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेका सञ्जित तामाङ रहेका थिए ।
ती लाभदायीहरुलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देलले संयुक्तरुपमा एक कार्यक्रमकाबिच बीमा रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । बैंकले नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा बीमा रकम भुक्तानी गरेको हो ।
बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका एक हजार एक सय ३७ जनाभन्दा बढी ग्राहकहरूले घातक रोग बीमा वापत दुई करोड ४० लाख, दुर्घटना बीमा वापत ४० लाख र मेडिकल बीमा वापत दुई करोड ६९ लाख गरी कुल पाँच करोड ४९ लाख भन्दा बढी बीमा रकम प्राप्त गरिसकेका छन् ।
बैंकले हाल सर्वाधिक उच्च ब्याजदर, पाँच वर्षसम्म निःशुल्क ८४ लाखसम्मका तीन बीमा (१८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा) सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, तीन कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू भएको सर्वश्रेष्ठ बचत खाता ग्राहक महानुभावहरू सामू ल्याएको छ । यस बचत योजना अनुसार ग्राहकहरुले प्राप्त गर्ने बीमा, कर्जा सम्बन्धी सुविधाहरू लगायत डेबिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो शेयर खाता, ई-कमर्श नवीकरण, चेक क्लियरिङ, आरटिजिएस, आइपिएस/सी आइपिएस/फन्ड ट्रान्सफर, लकर मार्जिन, लकर सेवा र एटिएम सेवाहरू ग्राहक एवं निजले मनोनित गरेका अन्य ३ व्यक्तिहरूका लागि समेत पाँच वर्षको लागि पूणर् रुपमा निःशुल्क हुने व्यवस्था बैंकले गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया