काठमाडौं । संवैधानिक परिषद्का कार्यबाहक प्रमुख आयुक्त नवीनकुमार घिमिरेविरुद्ध संसदीय सुनुवाई समितिले उजुरीको आह्वान गरेको छ ।
गत २० गते संवैधानिक परिषद्ले कार्यबाहक प्रमुख आयुक्त घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिस गरेको थियो ।
समितिले आउँदो असोज १ गतेभित्र समितिमा उपस्थित भएर वा जिल्ला प्रशासन कार्यालयमार्फत् उजुरी पठाउन सूचना प्रकाशित गरेको हो ।
समितिले उजुरीमा नाम थर, वतन र सम्पर्क माध्यम खुलाउनुपर्ने जनाएको छ । यद्यपी उजुरीकर्ताले चाहेमा गोप्य राखिदिने जनाएको छ ।
साथै समितिले इमेलबाट समेत उजुरी लिँदै आएको छ । इमेल [email protected] मा उजुरी गर्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया