कोरोना संक्रमणको ग्राफ फेरि उकालो लाग्यो, एकैदिन थप ४५७ जनामा संक्रमण पुष्टि

लोकपथ
28
Shares

काठमाडौं । नेपालमा कोरोना संक्रमणको ग्राफ फेरि उकालो लागेको छ । सोमबार एकैदिन थप ४ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस अवधिमा थप एक जनाको मृत्यु भएको छ ।

४ हजार ६५१ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३८६ र एन्टिजेन विधिबाट ७१ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, यही अवधिमा थप ४८ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको सङ्ख्या १ हजार ७७६ पुगेको छ ।

No photo description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?