दाङ । नेकपा माओवादी विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई आइतबार जिल्ला अदालत दाङमा उपस्थित गराइँदै छ ।
प्रकाण्डमाथि स्थानीय निर्वाचनका समयमा व्यक्ति हत्या गरेको आरोपमा पक्राउ परेका थिए । उनलाई केही बेरपछि दाङ जिल्ला अदालत घोराहीमा उपस्थित गराउन लागिएको हो ।
दाङका प्रहरी उपरीक्षक कृष्णहरि शर्माका आनुसार आइतबार १० बजे नै अदालतमा पेश गर्ने तयारीमा भए पनि सरकारी वकिलका कारण ढिला भइरहेको बताए ।
नयाँ व्यवस्था अनुसार सरकारी वकिलमार्फत अदालत पेश गर्ने व्यवस्था रहेको हुँदा आफूहरु सरकारी वकिललाई पर्खिरहेको उनले बताए ।
स्थानीय निर्वाचनको बेलामा मंसिर १२ गते दाङ तुलसिपुरमा नेपाली कांग्रेसको सभालाई लक्षित गरि भएको बम बिस्फोटनमा एक जना म्यादी प्रहरीको ज्यान गएको थियो । उक्त घटनाको मुख्य आरोपी प्रकाण्ड भएको भन्दै उनी विरुद्ध मुद्दा दर्ता रहेको प्रहरिले जनाएको छ ।
भोजपुरबाट दाङ लगिएका प्रकाण्डलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया