गोरखामा बोलेरोको ठक्करबाट २३ वर्षीया महिलाको मृत्यु

लोकपथ
56
Shares

गोरखा । गोरखाको अजिरकोट गाउँपालिका–३ मा दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा परी अजिरकोट गाउँपालिका–२ वलाङ निवासी २३ वर्षीया मेलिना गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

भच्चेकबाट गोरखातर्फ आउँदै गरेको बा०३प ४८१५ नम्बरको मोटरसाइकललाई छोप्राकबाट भच्चेक जाँदै गरेको ग१ज ४८८६ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक ३५ वर्षका मनराज गुरुङ समान्य घाइते भएका छन् । उनको भच्चेक स्वास्थ्य चौकीमा उपचार भएको छ । बोलेरो जिप र चालक प्रहरी नियन्त्रणमा रहेको डिएसपी लामिछानेले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?