साउनको पहिलो सोमबार : पशुपतिमा दर्शनार्थीको भिड (फोटोफिचर)

लोकपथ
70
Shares

काठमाडौं । साउनको पहिलो सोमबार आज पशुपतिनाथको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । साउन महिना र सोमबार भगवान शिवको महिना र बार भएकोले पशुपतिमा दर्शनार्थीको भिड नै लाग्ने गरेको छ ।

साउन महिनामा शिवलाई शुद्ध जल चढाए मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ । साउनको सोमबार व्रत बसी शिवको आराधना गरे अटल सौभाग्य प्राप्ति हुने विश्वासले पनि पशुपतिमा महिलाको भीड लाग्ने गर्छ ।

पशुपति दर्शनका लागि बिहानदेखि नै भक्तजनको लाम लाग्ने गर्छ । यस वर्ष साउनमा ४ सोमबार परेको छ । महिलाहरु साउन महिनाभर माछा मासु नखाई शिवको आराधना गरि प्रत्येक सोमबार ब्रत बस्छन् ।

हेर्नुहोस् तस्बिर :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?