बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले एक वर्षमा २ सय ८१ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
विभिन्न मुद्दामा अदालतवाट दोषी ठहर भई फरार हुँदै आएका उनीहरुलाई गत आवमा पक्राउ गरी जेल पठाएको हो ।
ज्यान मार्ने उद्योग, लागुऔषध कारोबारी, जबरजस्ती करणी, यौनजन्य हिंसा, कुटपिट, ठगीलगायतका मुद्दामा सजाय र जरिवाना तोकिएकालाई पक्राउ गरिएको बाँके प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेकाबाट १ सय ३३ वर्ष ११ महिना १४ दिन कैद र ५६ लाख ५३ हजार ८ सय ३५ रुपियाँ जरिवाना असुल गर्न बाँकी रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया