शिखर इन्स्योरेन्सको सफलता : निर्जीवन बीमा क्षेत्रको पहिलो पटक ५ सय करोड बीमाशुल्क संकलन

लोकपथ
28
Shares

काठमाडौं । नेपालको निर्जीवन बीमा क्षेत्रमा शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ मा पाँच सय करोड बीमा शुल्क संकलन गरी नेपालमा पहिलो पटक पाँच सय करोडको व्यवसाय गर्ने पहिलो निर्जिवन कम्पनी बन्न सफल भएको कम्पनीले जानकारी दिएको छ । गत आर्थिक वर्ष र यस आर्थिक वर्षको अवधिमा संकलन भएको बीमाशुल्कको तुलनामा २६ प्रतिशतले बढी हो ।

नेपालको निर्जीवन बीमा व्यवसायको बजार हिस्साको करिव १५ प्रतिशत हिस्सा कम्पनीले ओगटेको छ । कम्पनीले परेका कुल २२ हजार सात सय ६८ दाबी मध्ये १९ हजार तीन सय ८५ दाबीहरुको कुल करिव रकम तीन सय करोडको दाबी व्यवस्थापन गरेको छ ।

नेपालको बीमा नियमनकारी निकाय बीमा समितिले यस आर्थिक वर्षलाई दाबी फछ्र्यौट बर्षको रुपमा मनाई रहदा यस कम्पनीले परेको दाबीको करिव ८५ प्रतिशत दाबी भुक्तानी गरी उत्कृष्ट नतिजा प्रदर्शन गरेको छ । बीमितको दाबी समयमानै भुक्तानी गरी बीमा ब्यबसायमा दाबी केन्द्रित गरेर बीमितलाई परेको बेला सहयोग गरेमा बीमा बारेको जनचेतना तथा आस्था एवम् बिश्वास आर्जन गरेमा ब्यबसायमा स्वतः बढोत्तरी हुन्छ भन्ने कुरा आज शिखर इन्स्योरेन्स कम्पनी लि. नेपालको अग्रस्थानमा रहनुले प्रमाणित गरेको छ ।

नेपालको बिकट जुम्ला, हुम्ला, कालिकोट, मुगु, मुस्ताङ, बझाङ, दैलेख, डोटी, डोल्पा जस्ता बिकट जिल्ला सहित कुल एक सय १० वटा शाखा मार्फत आफ्नो सेवा प्रदान गर्दै आएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेका अनुसार कम्पनी सम्पुणर् बीमित बर्गको विश्वास र भरोसाको केन्द्र भएका कारण नेपालमा भएका निर्जिवन बीमा कम्पनीहरु मध्ये सबै भन्दा बढी बीमाशुल्क आर्जन गर्ने कम्पनी बन्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?