कोरोना नियन्त्रण गर्न सरकार सक्षम छ : स्वास्थ्यमन्त्री खापुङ

लोकपथ
143
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले कोभिड संक्रमणमा केही वृद्धि भएपनि त्यसलाई नियन्त्रण गर्न सरकार सक्षम रहेको बताए ।

कोभिड महामारीको संक्रमण पछिल्लो समय बढेर गईरहँदा मन्त्री खापुङले त्यसलाई नियन्त्रण गर्न नेपाल सरकार सक्षम रहेको दाबी गरेका छन् । चिकित्सा शाष्त्र अध्ययन संस्थानले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कोभिड विरुद्धको खोप लगाउन छुटेकाहरुलाई नजिकको स्वास्थ्य संस्थामा गई लगाउन पनि आग्रह गरे ।

त्यस अवसरमा मन्त्री खापुङले कोभिड महामारीको दरमा पछिल्लो समय केही वृद्धि भएको उल्लेख गर्दै स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर त्यसको संक्रमणबाट बच्न पनि सबैलाई आह्वान गरे ।

उनले भने, ‘म सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सरकारले घोषणा गरेको स्वास्थ्य मापदण्ड अपनाउनका लागि हार्दिक आह्वान गर्न चाहन्छु । अहिलेसम्म ११ हजार, ९५२ जना नेपालीहरुको कोरानाको कारण मृत्यवरण गर्नु परेको छ । र, आगामी दिनमा कोरोना वृद्धि भएपनि हामी नियन्त्रण गर्न सफल हुनेछौं । र, यसका कारण एक जना पनिको पनि ज्यान जान नपाओस् भन्ने कुरामा सरकार सजग छ । विश्वव्यापी रुपमा फैलिएको यो रोगको विरुद्धको खोप कार्यक्रममा पनि नेपालले सफलता प्राप्त गरेको छ । कहीँकतै दूरदराजमा सो खोप लगाउन कोही छुट्नु भएको छ भने नजिकको स्वास्थ्य चौंकीमा गएर लगाउनका लागि पनि म हार्दिक आग्रह गर्दछु ।’

मन्त्री खापुङले कोभिडका कारण एक जनाको पनि ज्यान जान नदिन सरकार सजग रहेको पटकपटक दोहोर्‍याए । सरकारी तथ्यांक अनुसार हालसम्म नेपालमा कोभिडका कारण ११ हजार ९५२ जनाले ज्यान गुमाउनु परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?